पोखरामा गण्डकी प्रदेश पुरुष क्रिकेट छनौंट जारी
पाेखरा | भदौ १८, २०७९
पोखरा : पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष क्रिकेट छनौंट खेल पोखरा रंगशालामा जारी छ ।
प्रदेशका विभिन्न ८ जिल्लाका ४८ खेलाडीहरुलाई ४ टिममा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ । ‘प्रतियोगितामा जिल्ला जिल्ला विच प्रतिस्पर्धा गराइने कार्यक्रम थियो, तर खराब मौसमका कारण ति खेलाडीहरुलाई ४ टिममा विभाजन गराई क्याम्पको शैलिमा प्रतिस्पर्धा गराइएको हो’,गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले बताए ।
चारै टिमका प्रतिस्पर्धा सकिएपछि आइतबार साँझसम्म प्रदेशका खेलाडीहरुको चयन गरिने प्रजुले जनाए । शनिबार दुई तथा आइतबार दुई वटा खेल गराइने उनले बताए । यिनै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेश टिममा चयन हुने उनको भनाई छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

